सेक्सबारे खुलेर भन्न कुनै संकोच लाग्दैनः अनु लुइँटेल

anu-luitel-2नेपाली मोडलिङ क्षेत्रमा सम्भावना अनि नाम देखेर यस क्षेत्रमा भित्रिनेको संख्या बढ्दै गएको छ । यस्तै, भीडमा आफ्नो करियर खोज्दै भित्रिएकी छिन् अनु लुइँटेल ।

सुनसरी तरहरामा जन्मिएर हाल रोजगारिका लागि युएइमा बसोबास गर्दै आएकी अनु यस क्षेत्रमा रहरले प्रवेश गरेकी बताउँछिन् । मोडलिङ क्षेत्रमा धेरैको धेरैथरी कुरा सुनिसकेकी बताउने अनुले भविश्यसम्म यस क्षेत्रलाई अगाडि लैजाने सांचाईंमा छिन् । हल्ला धेरै हुन्छ तर, मेहनतपछि हल्लालाई चिर्न सकिएला जस्तो लाग्ने गरेको अनु बताउँछिन् ।

बालबालिका सम्बन्धी नाटकमा अभिनय गर्दा–गर्दै मोडलिङमा भविश्य बनाउने सपना देख्न थालेको अनुको भनाई छ । बाल्यकालमा गाउँका दाजुभाईले दिपावलीको नाचगानमा रमाउँदा–रमाउँदै अभिनयको सोख चढेको बताउने अनुले युएईमा बाबुराम मुस्कान सुवेदीको लोकगित प्रकाश दिने घामलाई बादलुले छेक्ने एउटा म्युजिक भिडियोमा काम गरिसकेकी छिन । (Copied from : www.ratopati.com)

कृपया गाली गौलजका शब्द प्रयोग नगरिदिनु होला । अन्यथा तपाईंको प्रतिकृय प्रकाशित हुने छैन ।

यसमा तपाइको मत

300x250 ad code [Inner pages]